Breaking News
प्रतिकूल मौसमले भरतपुर विमानस्थलमा हवाई उडान प्रभावित
०

निरुता वि.क
चितवन,साउन २८-
अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा भरतपुरको हवाई उडान प्रभावित भएको छ । आइतबार बिहानैदेखि हवाई उडान प्रभावित भएको नागरिक उड्ययन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
वर्षाका कारण भिजिबिलिटी कम भएपछि उडान हुन नसकेको हो । बिहान ९ बजे काठमाडौंबाट बुद्ध एयरको जहाज भरतपुर आएपनि मौसमका कारण फर्कन सकेको छैन । शनिवार पनि मौसम प्रतिकूलताका कारण छ वटा उडान मात्र भएको थियो ।
भरतपुरबाट काठमाडौंका लागि दैनिक ८ उडान र पोखराका लागि १ उडान हुने गरेको छ । यहाँ बुद्ध एयरले मात्र उडान भर्ने गरेको छ । भरतपुर विमानस्थल भएर दैनिक ८ सय देखि १ हजार जनाले यात्रा गर्ने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























