Breaking News

भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ, कसैको विरोधले केही फरक पर्दैनः लामिछाने

Banner

रूपन्देही,साउन २७-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सरकारले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको बताएका छन् । पार्टीको पश्चिम नवलपरासीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको बताएका हुन् ।

सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नुपर्ने बताउँदै उनले ललिता निवास, सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सुक्ष्म रुपमा छानबिन हुने हो भने औंलामा गन्नसक्ने नेता मात्र बाँकी रहने बताए ।

उनले भने, ‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औंलामा गन्नसक्ने नेता बाहेक सबै जेलमा हुन्छन्, त्यो रोक्नका लागि बहानाबाजी गरिनेछ हामी निरन्तर खबरदारी गरिरहने छौं ।’

उनले सभापति लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताए ।

‘केही मान्छेहरू हाम्राविरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नुपर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।

देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा इमान्दारिताको अभाव भएको उनले बताए । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउँदे रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने जनाए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>