चितवन विशेष
पश्चिम भरतपुरमा आज दिनभर विद्युत अवरुद्ध हुने
०

चितवन, साउन २७-
भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर–६ र १३ देखि २८ सम्मका वडामा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण, चनौली वितरण केन्द्रले जनाएको छ ।
३३÷११ केभी सब–स्टेशन भित्र रहेका ११ केभीका ६ वटा प्यानल बोर्ड बदली गर्नुपरेका कारण विद्युत अवरुद्ध भएको केन्द्रले बताएको छ । काम हुदै जाँदा लोड व्यवस्थापन गर्न सकिने अवस्था भएमा निर्धारित समय भन्दा अगाडि नै विद्युत सुचारु हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























