Breaking News
आराम गर्न प्रचण्ड चितवनमा

चितवन, साउन २६-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ चितवन आएका छन् । उनी आराम गर्नका लागि चितवन आएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेसचन्द्र अधिकारीले जानकारी दिए ।
प्रधानमनन्त्री प्रचण्ड दुई दिनसम्म चितवन बस्नेछन् । जिल्लामा प्रधानमन्त्रीका अन्य कुनै कार्यक्रम नभएको अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्री यसपटक विशुद्ध रेष्ट गर्न आउनुभएको हो,’ उनले भने ‘प्रधानमन्त्री कुनै राजनीतिक तथा अन्य कार्यक्रममा सहभागि हुने कार्यक्रम छैन ।’
प्रचण्ड शुक्रबार शिवनगरमा रहेको आफ्नै निवासमा बसेका छन् । जिल्लाका नेता कार्यकर्ता प्रचण्डको निवासमा पुगेका छन् । घर बनाएपछि प्रचण्ड आफ्नो निवासमा बसेको तेस्रो पटक हो । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समितिको बैठक सकिएपछि प्रचण्ड आराम गर्न चितवन आएको बुझिएको छ । राजनीतिक दबाब महशुस भएपछि प्रचण्ड बेला बेला राजधानी बाहिर आराम गर्ने हिड्ने गर्दछन् ।

























