देश/प्रदेश

घरघरमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

Banner

गोरखा, साउन २६-

गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिनुभयो । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उहाँले भन्नुभयो, “यो वर्ष रु तीन लाखको फल बिक्री भइसक्यो, अझै रु चार लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु ।”

ड्रागन खेती सुरु गरिएको १३ महिनामा पहिलोपटक उत्पादन भई फल बिक्री गर्न सुरु गरिएको कृषक गुरुङले जानकारी दिनुभयो । विसं २०७७ चैत महिनामा बूढीगण्डकी नदी किनारमा पर्ने लापुबेँसीमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । पहिलो वर्ष अपेक्षा गरिएअनुसार उत्पादन नभए पनि यो वर्ष भने ड्रागन फ्रुटले मनग्य आम्दानी दिएको उहाँको भनाइ थियो ।

चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यतिबेला जताततै फुलेको देख्दा पदर्मागमा पुग्ने पर्यटकसमेत लोभिएर एकछिन उभिएरै भए पनि फार्म अवलोकन गर्ने गरेको कृषक गुरुङले बताउनुभयो ।

“उत्पादित ड्रागन फ्रुट आधाजसो यहीँ नै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।” फार्ममा एक हजार चार सय बोट ड्रागन फ्रुट लगाइएकामा सात वटा बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिका छन् ।

उत्पादित फल प्रतिकिलो रु छ सयसम्ममा बिक्री हुने गरेको छ । “एकदुई किलो लैजाने ग्राहकलाई प्रतिकिलो रु छ सय लिने गरेको छु”, कृषक गुरुङले भन्नुभयोे, “होलसेल मूल्यमा लैजानेलाई भने रु पाँच सयका दरले बिक्री गर्ने गरेको छु ।” समुद्री सतहबाट आठ सय ५० मिटर उचाइमा रहेको जमिनमा ड्रागन खेती गरिएको उहाँले बताउनुभयो ।

सामान्यतया ड्रागन फ्रुट एक हजार दुई सय मिटरसम्मको उचाईमा पनि खेती गर्ने गरिएको छ । उहाँले ड्रागन खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवा पुस्तालाई विदेशिनुभन्दा व्यावसायिकरुपमा यहीँ खेतीतर्फ लाग्नसमेत सुझाव दिनुभयो । सुरुआती चरणमा रु १३ लाख खर्चेर खेती सुरु गरिएकामा अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले रु तीन÷तीन लाख गरी कूल रु छ लाख अनुदान उपलब्ध गराएका कृषक गुरुङले बताउनुभयो ।

पछिल्लोपटक भने गाउँपालिकाले उक्त खेतीभित्र मौरी परीक्षणका रूपमा पाल्न अनुदान उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा गाउँपालिकाको टोलीले उक्त ड्रागन फार्मको अनुगमन पनि गरेको थियो ।

घरघरमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

गोरखाको भीमेसन थापा गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर पालिकाभित्रका १२ हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गर्दैै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

गत आवमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँचलगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख खनालको भनाइ थियो ।

गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् । “बुढेसकालमा पिरबेथा लागि रहन्छ, वडानं ७ का ७७ वर्षीय मङ्गलबहादुर नेपालीले भन्नुभयो, “अहिले स्वास्थ्यकर्मीले आफ्नै घरमा आए चाँज गरेकाले आफैँ सकी नसकी अस्पताल धाउनुपरेको छैन ।”

यस कार्यले स्थानीय सरकार नै हाम्रा लागि रहेछ भन्ने अनुभूति भएको उहाँले बताउनुभयो । अर्का ७५ वर्षकी दुर्गाकुमारी श्रेष्ठको उत्तै भनाइ थियो ।

“सुगुर, प्रसेर, दम र नसा रोगले सताएकाले भनेको बेला अस्पताल जानसक्ने अवस्था नै थिएन”, उहाँले भन्नुभयो, “हामीजस्ता उमेर पुगेका बूढाबूढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ ।”

प्रत्येक महिना घरघरमा स्वास्थ्यकर्मीको टोली आएर जाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिँदै आफूसँग भएको औषधि दिएर जाने गरेको अर्का ज्येष्ठ नागरिक हीरा श्रेष्ठले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी आएर के कस्तो छरु सञ्चो भएन कि रु भन्दै केही भए फलानु नम्बरमा सम्र्पक गर्नु है भनेर जाँदा स्थानीय सरकार बूढेसकालको सहाराजस्तै भएको अनुभूति भएको बताउनुभयो ।

चालु आव सुरु भएसँगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिनुभयो । “यसै वर्षको साउन महिनामा मात्र पालिकाबाट एक हजार एक सय ७१ जनाको निःशुल्क जाँच तथा उपचार गरिसकिएको छ”, उहाँले भन्नुभयो, “उपचार गराएकामध्ये छ सय ८९ महिला र चार सय ८२ जना पुरुष रहेका छन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>