स्वास्थ्य

स्वास्थ्य मन्त्री बस्नेतले पद सम्हालेको सय दिन पुगेको कार्यक्रममा अनिवार्य उपस्थित हुन डाक्टर-कर्मचारीलाई निर्देशन

Banner

काठमाडौं, साउन २५-

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका छन्।

शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थित हुन भनेको छ।

सचिवस्तरीय निर्णयमा मन्त्रालयका सबै इकाइ, स्वास्थ्य सेवा विभाग, औषधी विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग, केन्द्रहरू र काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई पत्र पठाएर अनिवार्य उपस्थित हुन भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>