देश/प्रदेश
ग्राण्डी अस्पतालमा ९ घण्टा लगाएर हात्तीपाईले रोगको सफल शल्यक्रिया
०

काठमाडौँ, साउन २४-
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ । ९ घण्टा लगाएर हात्तीपाईले रोगको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको हो ।
अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा साउन २ गते ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको शल्यक्रिया गरिएको थियो । डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले युवकको शल्यकृया गरेका हुन् र बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि युवकलाई आज (बुधवार) डिस्चार्ज गरिएको हो ।
२० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएका म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















