समाज

डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाइने

Banner

विराटनगर,साउन २३-

विराटनगर महानगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो ।

किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो । विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीले बताए ।

“यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ । जनतालाई सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुने गरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ,” महानगर प्रमुख नागेश कोइरालाले भने ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>