बाढि पहिरो

मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पहिरोमा पुरिए

Banner

काठमाडौँ, साउन २३–

मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् ।

बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।

घटनास्थलमा प्रहरी पुगेको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । काभ्रेको सिमानामा पर्ने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण नआएको एसपी रिजालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>