Breaking News

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Banner

चितवन, साउन २३-

लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । सडक डिभिजनसँगको समन्वयमा बाटो खुलाउने काम भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>