Breaking News
चितवनमा डेँगु संक्रमण निरन्तर बढ्दै, संक्रमितको संख्या ४१ पुग्यो
०

चितवन, साउन २२-
चितवनमा डेँगु संक्रमण हरेक दिन बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार हरेक दिन चितवनमा डेँगु संक्रमित थपिँदै गएर ४१ जना पुगेको हो ।
तथ्यांक अनुसार साउन १९ गते ३७ जना संक्रमित रहेकोमा संख्या बढेर साउन २१ गते ३९ जना पुगेकोमा आज साउन २२ गते ४१ जना पुगेको छ । चितवनमा बिगत २४ घण्टामा दुई जना संक्रमित थपिएका छन् ।
साउन १ गतेदेखि २२ गतेसम्मको तथ्यांकअनुसार अहिलेसम्म चितवनमा भरतपुरमा ६ जना, खैरहनी नगरपालिकामा चार जना, रत्ननगर नगरपालिकामा ७ जना, राप्तीमा चार जना र कालिका नगरपालिकामा एक जना संक्रमित भएका छन् । त्यसैगरी संक्रमितमध्ये ठेगना नखुलेका ५ जना छन् भने अन्य जिल्लाका संक्रमितहरु १० जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















