खैरहनी

चितवनको खैरहनीमा बस्तीमा पस्यो बाघ, नियन्त्रणको प्रयास जारी

Banner

चितवन, साउन २१-

चितवनको खैरहनीमा बस्तीमा बाघ छिरेपछि त्रास फैलिएको छ ।

खैरहनी नगरपालिका–१२ सहनपुर स्थित केराघारीमा बाघ छिरेको वडा अध्यक्ष केदार पन्तले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार सो ठाउँमा मानिसको शवसमेत देखिएको छ तर पहिचान भएको छैन । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>