समाज
डेंगीबाट थप एक महिलाको मृत्यु
०

सुनसरी,साउन २१-
धरानमा डेंगी संक्रमित थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ३५ वर्षीया महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको हो ।योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।
महाशाखा प्रमुख मेहताका अनुसार मृतक महिला वडा १४ को भएको जानकारी पाएकोले मृतक परिवारसँग सम्पर्क गरेर थप जानकारी लिने प्रयास भइरहेको पनि उनले बताए । अधिकांश घरमा एक देखि ९ जनासम्म बिरामी पाइएकाले धरानमा मात्र हालसम्ममा डेंगी संक्रमितको संख्या २५ हजार नाघेको अनुमान गरिएको महाशाखा प्रमुख मेहताले बताए ।
उनका अनुसार धरान उपमहानगर र वडाहरुले सञ्चालन गरेको विभिन्न स्वास्थ्य शिविरमा जाँच गर्न आएका ५ हजार २ सय ४२ जनामध्ये ३ हजार २ सय १३ जनामा डेंगी पोजेटिभ रिपोर्ट देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























