अपराध

न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी, दुई जना पक्राउ

Banner

काठमाडौं साउन २१-

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत ९पीएसओ० प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार, उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।

प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>