समाचार

अधिकांश कर्मचारीको रोजाइ सुगम मात्रै

Banner

काठमाडौँ, साउन २०—
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ दिनको समयावधि तोकेर सरुवा आह्वान गरेकोमा साढे चार सय कर्मचारीले सुगम क्षेत्रमा जाने निवेदन दर्ता गराएका छन् ।
मन्त्रालयले गत ११ गते सूचना प्रकाशित गर्दै विशेषतः दुर्गमा क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीको सरुवा गर्न मापदण्ड तोकेर निवेदन माग गरेको थियो । मन्त्रालयमा हिजो (समयावधि तोकेको दिन)सम्म प्राप्त निवेदनका आधारमा दुर्गम क्षेत्रमा सरुवा हुने इच्छा अधिकांशले राखेका छैनन् । अहिले स्थानीय तहको सयभन्दा बढी नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रीको शपथ गरेकै दिन सात महिनाअघि स्थानीय तहमा निमित्त हटाउने घोषणा गरेका थिए ।

उनी मन्त्री भएका बेला करिव साढे तीन सय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निमित्त थिए । काठमाडौंमा बसेका, बढुवा भएका र नयाँ नियुक्ति लिएका केही उपसचिव र अधिकृत स्थानीय तहमा पठाएर निमित्तको संख्या घटाएका मन्त्री मोदीकै निर्देशनमा अहिले लामो समय दुर्गम र सगमा बसेका कर्मचारीको सरुवा गर्न उनीहरुलाई नै रोज्ने अवसर दिइएको थियो ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव खिलराज राईले अछाम, डोटी, प्युठान, सोलुखुम्बु, जागरकोट, बाजुरा, दैलेखलगायतका दुर्गम जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमित्त रहेको जानकारी दिए । तर सुगमका दुर्गममा र दुर्गमका सुगममा पठाउने रणनीति अनुसार सरुवा मापदण्ड बनाएर लागू गर्न खोजेको नीति कार्यान्वयनमा चुनौती देखिएको छ ।

ुमन्त्रालयले सरुवा प्रणालीलाई व्यवस्थित गर्न कार्यदल नै बनाएर प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा सरुवा गर्न खोजिएको हो,ु राईले भने । तर सुगम जाने मात्र निवेदनको चाङ लागेपछि त्यसमाथि छानबिन भइरहेको जानकारी राईले दिए । उनका अनुसार कतिपय स्थानीय तहका कर्मचारीले पनि सरुवाका लागि निवेदन दिएकोमा कार्यान्वयन हुन नसक्ने बताए ।

स्थानीय तहमै बस्ने सर्तमा लोकसेवा उत्तीर्ण गरेका कर्मचारीले यस्तो सुविधा नपाउने मन्त्रालयले जनाएको छ । यसैबीच निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका स्थानमा मन्त्रालयले तीन वर्ष भन्दा बढी समय सिंहदरबार वा केन्द्रीय तहमा बसेका कर्मचारीलाई गत साता दुई पटक गरेर २८ जना उपसचिव र ८ जना अधिकृत स्थानीय तहमा पठाएको छ । पहिलो चरणमा विशेषगरी तराईका जिल्लामा निमित्त हटाउने रणनीति मन्त्रालयले लिएको छ । उपसचिव राईका अनुसार मधेश प्रदेशका धेरैजसो स्थानीय तहमा निमित्त हटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>