Breaking News

जनार्दन शर्माको गुनासो: म अध्यक्ष प्रचण्डकै मान्छे भए पनि मलाई विश्वास गरेनन्

Banner

काठमाडौँ, साउन २०-

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देव गुरुङलाई महासचिव बनाइएकोमा आपत्ति जनाएका छन् ।

चार दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा शर्माले आफू र वर्षमान पुनमध्ये एकजनालाई महासचिव बनाउन आग्रह गरे पनि अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव बनाइएको भन्दै आलोचना गरेका हुन् ।

बैठकमा शर्माले आफू पनि अध्यक्ष प्रचण्डकै मान्छे भएको र सहयोग गरे पनि अध्यक्षले विश्वास नगरेको गुनासो गरे । ‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै अस्तित्व हुनु स्वाभाविकै छ’, उनले भने, ‘अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गर्ने गरिएको छ । हामी तपाईंकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?’

विधि, विधान र पद्धतिको कुरा उठाए पनि अध्यक्षलाई कहीं कतै असहयोग नगरेको शर्माले बताएका हुन् । चुप लागेर बस्दा पार्टी सुधार नहुने भएकोले आँखामा आँखा जुधाएको विषयलाई सहयोग मान्नु बिडम्बना भएको शर्माको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>