चितवन विशेष

रत्ननगरका आठ जना महिलालाई निःशुल्क सिलाइ मेशिन

Banner

चितवन, साउन २०-

रत्ननगर नगरपालिका–१५ ले सिलाइकटाइ तालिम लिएका महिलाहरुलाई सिलाई मेशिन प्रदान गरेको छ ।

वडाले यसअघि दिएको तीन महिने सिलाइकटाइ तालिममा सहभागी भएर सीप सिकेका आठ जना महिलाहरुलाई सिलाई
मेशिन प्रदान गरेको हो । वडा अध्यक्ष आशिक तामाङले एक कार्यक्रमकाबीच असार ११ गते तीन महिने सिलाई तालिम सकेका महिलाहरुलाई मेशिन हस्तान्तरण गरेका छन् ।

वडा अध्यक्ष तामाङले महिलाहरुलाई सिलाई पेसातर्फ आर्कषित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेशिन बितरण गरिएको बताए । आफूले सिकेको सिपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न उनले आग्रह गरे । हातमा सिप भएको मान्छे कहिल्यै भोको बस्नु नपर्ने उनको विचार थियो । कार्यक्रममा वडा सदस्य लिलादेवी पेख्रेल, रुकमाया परियार, शिव प्रसाद तिवारी, इमप्रसाद पन्त, वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>