समाज

खानेपानीमा भेटियो १४ प्रतिशत दिसाजन्य पदार्थ

Banner

रुपन्देही,साउन १८-

कपिलवस्तुमा खानेपानीमा दिसाको मात्रा भेटिएपछि हैजाको उच्च जोखिममा परेको छ । झण्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएपछि यस्तो जोखिम बढेको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाका विभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो ।

जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका शुद्धोधन र मायादेबी गाउँपालिका र महाराजगंज नगरपालिकाको धेरै स्थानका पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो ।

प्रमुख श्रीवास्तव अनुसार शुद्धोधन गाउँपालिकामा १६ नमुना परीक्षण गर्दा ४ वटामा इकोली भेटिएको छ । मायादेवीमा ८ वटा परीक्षण गर्दा २ वटामा, महाराजगंज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परीक्षण गर्दा २ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताएका छन् ।

शिवराज नगरपालिकाको १४, बुद्धभूमि नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमुना परीक्षण गर्दा पानीमा इकोलीको मात्रा नभेटिएको खनालले बताए ।

गत असार २३ देखि २८ असारसम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमुना परीक्षणले जिल्लाका ४ पालिकामा हैजा फैलने जोखिम रहेको खनालले बताए । ‘पानीको नमुना परीक्षण गर्दा ४ पालिकाको पानीमा इकोलीको मात्रा बढी फेला परेको छ, त्यहाँ सचेतनाको कार्यक्रम संचालन गर्नु पर्छ’, उनले भने । उनले हेन्डपम्पको पानीमा भने इकोली नदेखिएको बताए ।

खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परीक्षण गरिएको थियो । हेन्ड पम्पको पानीमा इकोलीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने इेकोलीको मात्रा भेटिएको खनालले बताए ।

वर्षाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनुपर्ने उनीहरु बताउँछन् । जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>