Breaking News

घट्न थाल्यो ब्रोइलर कुखुराको मुल्य, तीन हप्ताको बीचमा किलोमै ६० रुपैयाँ घट्यो

गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

Banner

काठमाडौं, साउन १७-
ब्रोइलर कुखुराको मुल्य फेरी घट्ना थालेको छ । केही महिनादेखि निरन्तर उकालो लागेको ब्रोइलरको मुल्य तीन सातादेखि घट्न सुरु गरेको हो । तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।

गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो । उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ । जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्रिी वितरण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>