चितवन विशेष

भरतपुर महानगरपालिकाको बजार अनुगमन तिब्र, गितानगरको धिताल मिठाई पसलमा फोहोर देखिएपछि जरिवाना

Banner

चितवन, साउन १७-
भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । भरतपुर, नारायणगढ र रामनगर क्षेत्रका होटल, रेष्टुरेण्ड, किराना पसल तथा मासुपसलमा अनुगमन गरेको महानगरपालिकाले ग्रामिण क्षेत्रका पसलहरुमा पनि अनुगमन गर्न थालेका हो ।

बुधवार कटरचोक, क्यान्सर गेट र गितानगर क्षेत्रका २० वटा पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा केही मिठाई पसल र होटेलहरुमा फोहोर देखिएको र केही किराना पसलमा म्याद सकिएका समान भेटिएको महानगरका बजार शाखा प्रमुख थानेश्वर सापकोटाले बजार अनुमागन समितिका संयोजक बिष्णु भुजेलले जानकारी दिए । उनका अनुसार, गितानगरमा रहेको धिताल मिठाई पसल फोहोर देखिएपछि एक हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको छ । मिठाई पकाउने किचन फाहोर देखिएपछि पाँचदिन भित्र छुट्टै किचनको व्यवस्था गर्न अनुरोध गरिएको छ । त्यस्तै भरतपुर ७ स्थित कटरचोकमा रहेको पानीपुरी पसल र गितानगरमा दर्ता नगरि सञ्चालन गरिएको पानीपुरी पसलबाट अखाद्यय अमिलो बरामद गरिएको छ ।

बुधवार भरतपुर ७को तनहुँ किराना पसल, तनहुँ मासु पसल, मंगोलियन रेष्टुरेण्ड, माला मदन होटल, मार्फा किचनको अनुगमन गरिएको छ । होटेल र रेष्टुरेण्डका भान्सा कोठामा फोहोर देखिएकाले सरसफाईमा ध्यान दिन सुझाव दिईएको बजार अनुगमन शाखाका प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए । भरतपुर ६ स्थित गितानगरको गुरुङ फेस हाउस, गुरुङ मिठाई पसल, पोख्रेल किराना पसल, राजकुमारी किराना पसल, हाम्रो मासु पसल, धिताल मिष्ठान्न भण्डार, लोहनी स्टोर, रवि महतो मासु पसल, कालिका फ्रेस हाउस, शिवाकोटी दुध डेरी लगायतका पसलहरुमा अनुमनग गरिएको थियो ।

अनुगमनका क्रममा केही गल्ती देखिएपनि पहिलो चरणमा सम्झाएर छाडिएको भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख ज्ञानप्रसाद खनालले जानकारी दिए । आगामी दिनमा गल्ती दोहोरिए पसल बन्द गर्नेसम्मको चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>