चितवन विशेष
भरतपुरमा ५५ जनाले गरे रक्तदान

चितवन, साउन १७-
चितवनमा भइरहेको रगत अभावलाई केही हदसम्म कम गर्ने उद्देश्यले भरतपुरमा भएको रक्तदानमा ५५ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर क्लष्टर नं ३ ले गरेको रक्तदानमा लायन्स क्लबमा आवद्ध पदाधिकारीहरु तथा सदस्यहरुले सो रक्तदान गरेका हुन् ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाइस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै मेडिकल सिटीको रुपमा रहेको चितवनमा रक्तदान कार्यक्रमले देशका विभिन्न स्थानहरुबाट उपचारका लागि चितवन आउने बिरामी तथा उनीहरुका आफन्तलाई धेरै ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा पूर्वडिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, रामप्रसाद भट्ट, डिष्ट्रिकका प्रथम डिष्ट्रिक गर्भनर नवराज सापकोटा, एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, प्रभाकर पण्डित, एक्जुकेटिभ को–चिफ पूर्णप्रसाद शर्मा, पिआरओ चिफ दुर्गालक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । रिजन चियर पर्सन अनुजराज पन्तको अध्यक्षतामा भएको कार्यक्रमा डिष्ट्रिक ३२५ आर क्लष्टरमा नं ३ मा आवद्ध १७ वटा क्बलको सहभागिता रहेको थियो ।