Breaking News

चितवनमा गरिएको परीक्षणमा केरामा सबैभन्दा धेरै विषादी भेटियो

Banner

चितवन, साउन १७

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनले नियमित गरेको विषादी परीक्षणमा सबैभन्दा धेरै विषादी केरामा भेटिएको हो ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९\८० मा ७१८ वटा तरकारी र फलफूलको स्याम्पलको परीक्षण गर्दा सबैभन्दा धेरै विषादी केरामा भेटिएको छ । केरापछि धेरै विषादी भेटिएर डिस्पोज गर्नुपर्ने तरकारीमा फर्सी र भेन्टा छन् । गत आर्थिक वर्षमा तीन वटा स्याम्पल डिस्पोज गरिएको थियो । यस आर्थिक वर्षको साउन महिनामा गरिएका परीक्षणहरुमा पनि सबैभन्दा धेरै विषादी केरामा नै भेटिएको सिम्खडाले बताए । केरामा पकाउनको लागि प्रयोग हुने इथालिन र क्याल्सियम कारबोनेट बढी प्रयोग गरेको पाइएको नियमित परीक्षणमा भेटिएको छ ।

ज्ञान केन्द्रका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी  प्रयोग गरिएको ४५ प्रतिशत भन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । ३५ प्रतिशत भन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टाइनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्राय गरेर केरालाई क्वारेन्टाइनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>