चितवन विशेष

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तीन नयाँ कार्यक्रम प्रमुख नियुक्त

Banner

चितवन, साउन १७

सप्तगण्डकी बहुमुखी क्याम्पसमा तीन कार्यक्रम प्रमुखहरु नियुक्त भएका छन् ।

क्याम्पसमा बीबीए\बीआईएम कार्यक्रम प्रमुख तथा कार्यक्रम इन्चार्जमा सागर अधिकारी, स्नात्तकोत्तर तह कार्यक्रम प्रमुखमा कृष्णप्रसाद ज्ञवाली र राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ को कार्यक्रम प्रमुखमा दिपकबाबु श्रेष्ठ नियुक्त भएका हुन् । तीनै जनालाई आज सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले पदस्थापन गराएका हुन् ।

क्याम्पसमा व्यवस्थापन संकायका सहायक प्राध्यापक अधिकारी यसअगाडि राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम प्रमुख रहेका थिए भने मानविकी संकायका सहायक प्राध्यापक ज्ञवाली स्नात्तकोत्तर तहमा प्राध्यापन गर्दै आइरहेका थिए । अर्का राष्ट्रिय परीक्षा बोर्ड कार्यक्रम प्रमुख श्रेष्ठ शिक्षा शास्त्र संकायका अग्रज प्राध्यापक हुन् । यसअघिका कार्यक्रम प्रमुखहरुको पदावधि सकिएसँगै क्याम्पसले शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम प्रमुखहरु नियुक्त गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>