Breaking News
रविको आग्रहः आज दिनभर मलाई फेसबुकमा फलो गरिदिनु होला

चितवन, साउन १७ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल’फेसबुक’मा फलो गर्न आग्रह गरेका छन्। आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा आफूले बोलेका थुप्रै काम (स्टन्ट) बारे आज दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिने बताउँदै उनले फेसबुकमा फलो गर्न भनेका हुन्।
यसबारे रविले मंगलबारै सामाजिक सञ्जालमा पोस्ट राखेका थिए।
‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदैछन्,। चुनावमा आफूले बोले अनुसार फ्रि टिकेटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं ।
त्यो पनि, बिना ढेउवा के।,उनले अगाडि लेखेका छन्,’अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। आज दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।’


























