Breaking News

भोट अन्तै हालेपछि चितवनमा काँग्रेसको सदस्यता नविकरणमा ‘गीता’ साक्षी राखेर कसम

Banner

चितवन, साउन १६-

चितवनको कालिका नगरपालिकामा कांग्रेसको पार्टी क्रियाशिल सदस्यता नविकरण गर्दा धार्मिक ग्रन्थहरु ‘गीता’ र ‘स्वस्थानी’ साक्षी राखेर कसम खुवाउने अभियान सुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ मा साउन ११ गतेबाट सदस्यता नविकरणमा साक्षी राख्ने अभियान चलाइएको हो ।

सदस्यता नविकरणमा अगाडि पुस्तक साक्षी राख्ने र शंका लागेमा कुनै पार्टी सदस्यलाई छुवाउने पनि गरिएको वडा नम्बर ४ का नेपाली कांग्रेसका सभापति कोमल श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिए । उनले पार्टी संगठनको आचारसंहिता पालना नगर्ने प्रचलन बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न नयाँ तरिका अपनाइएको बताए ।

श्रेष्ठले भने, ‘ सबै धर्मका सदस्यका लागि गीता नै छुनुपर्छ भन्ने छैन क्रिश्चियन धर्मका साथीहरुलाई बाइबल पनि राख्छौं । यसले पार्टीमा इमान्दारिता बढ्ने विश्वास गरेको छु ।’ उनले आफू गत स्थानीय निर्वाचनमा कांग्रेस कार्यकर्ताकै अन्तरघातको कारणले ६३ मतले वडा अध्यक्षमा हारेको बताए । आफू प्रदेश, नगर, जिल्ला जताततै पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गर्न सिफारिस पत्र बोकेर हिडेको तर कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>