चितवन विशेष

भरतपुरकी पुनम गौतम बनिन् एनआरएनए पोर्चुगलको उपाध्यक्ष

Banner

चितवन, साउन १५-

भरतपुर गुञ्जनगरकी पुनम गौतम एनआरएनए पार्चुगलको उपाध्यक्षमा र्निविरोध निर्वाचित भएकी छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालसालै सम्पन्न अधिवेशनबाट गौतम उपाध्यक्ष बनेकी हुन् ।

भरतपुर–१८ गुञ्जनगरमा जन्मिएकी उनले  चितवनका विभिन्न टेलिभिजन च्यानलमा संवाददाता र समाचार प्रस्तोताको रुपमा आठ वर्ष काम गरिन् । उनी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत रहेको अवस्थामा पाँच वर्षअघि पोर्चुगल गएकी थिइन् ।

गौतमले एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्वाचित भएसँगै आफूलाई निर्विरोध उपाध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘बिगत केही समयदेखि अन्योलमा रहेको एनआरएनए पोर्चुगललाई गोलबद्ध गरी एक बनाउँदा मेरो पनि प्रत्यक्ष/अप्रत्यक्ष भूमिका पक्कै थियो । मैले बरिस्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्दै गर्दा समाज मिलाउने क्रममा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए । सोही अनुसार उत्पन्न विवादित समस्याको समाधान समेत भएको छ । साथै मलाई निर्विरोध निर्वाचित गराउनुहुने हुने सबैलाई धन्यवाद ।’ गौतमले हिजो जे गरे त्यो भन्दा भोलि राम्रो गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>