चितवन विशेष

रोटरी क्लब अफ चितवनका अध्यक्ष चन्द्रेश्वर भट्टराईले सम्हाले जिम्मेवारी

Banner

चितवन, साउन १५-

रोटरी क्लब अफ चितवनका अध्यक्ष चन्द्रेश्वर भट्टराईको पदस्थापनासँगै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष भट्टराईलाई निवर्तमान अध्यक्ष दिपक प्रधानले पद हस्तान्तरण गर्दै कार्यकालको शुभकामना दिएका हुन् ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर राजेन्द्रप्रसाद धोजुले कार्यक्रममा रोटरीमा आवद्ध सबै व्यक्तित्वहरुलाई यो वर्ष विश्वभर आशाको दियो बाल्दै समाजसेवामा उत्रन अनुरोध गरे । उनले रोटरी क्लब अफ चितवनका अध्यक्ष चन्द्रेश्वर भट्टराईलाई परम्परागत मालाबाट बिभुषित गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

क्लबका अध्यक्ष भट्टराईले क्लबलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने निवर्तमान अध्यक्ष दिपक प्रधानसहितको कार्यसमितिलाई विशेष धन्यवाद दिए । कार्यक्रममा रोटरी वर्ष ३२९२ का पूर्वगर्भनरहरु योगेन्द्रमान प्रधान, दिलेन्द्रराज श्रेष्ठ, रविन्द्रकुमार पिया, चिन्तामणि भट्टराई, सन्तोषप्रसाद रिजाललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>