देश/प्रदेश

चितवनको बकुलहर रत्ननगर सहित ७ अस्पताललाई शवबहान हस्तान्तरण

Banner

हेटौँडा, साउन १५-

बागमती प्रदेश सरकार मातहतका चितवनको बकुलहर रत्ननगरसहित ७ अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबार बागमतीका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई शवबाहन हस्तान्तरण गरेको हो।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चितवनको बकुलहर रत्ननगर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, रसुवाको रसुवा अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल र सिन्धुलीको सिन्धुली अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको हो।

शवबाहन प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सम्बन्धित अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो ।

भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै मन्त्री जोशीले नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सबै निकायहरू गम्भीर हुनु पर्ने बताए ।

उनले गुनासो रहित सेवामा सबैले जोड दिएर उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै नागरिकको स्वास्थ्य सेवा सम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्ने बताए । सरकारले दिएका शवबहानहरु नागरिकहरूको सहजता हुने गरी निस्शुल्क रूपमा प्रयोग गर्ने वातावरण मिलाउन अस्पतालहरूलाई निर्देशन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>