देश/प्रदेश
प्रचण्डसँग बालुवाटारमा केपी ओलीको भेट, संवैधानिक परिषद् बैठक बोलाउनेबारे छलफल
०

काठमाडौं, साउन १४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको हो ।
प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाउने विषयमा छलफल भएको स्रोतको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















