देश/प्रदेश

बाग्मती प्रदेश सरकारद्वारा एक हजार ५९५ दरबन्दी स्वीकृत

Banner

हेटौंडा, साउन १४-

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार ५९५ दरबन्दी स्वीकृत गरेको हो ।

बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्नेसमेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>