चितवन विशेष

रत्ननगरका १०० जना युवालाई बाघ संरक्षणसम्बन्धी सचेतना

Banner

चितवन, साउन १४-

विश्व बाघ दिवसको अवसर पारेर बाघ संरक्षण र चुनौतीको विषयमा रत्ननगरका युवाहरुलाई सचेतना गरिएको छ ।

रोटरी क्लब अफ रत्ननगर, रोटर्‍याक्ट  क्लब अफ रत्ननगर , इन्टर्‍याक्ट क्लब अफ स्काइराइडर र इन्ट्र¥याक्ट क्लब अफ एनसीसीको संयुक्त आयोजनामा १०० जना युवालाई बाघ संरक्षणसम्बन्धी सचेतना गरिएको हो ।

युवाको माध्यमबाट समाजमा बाघ संरक्षण र चुनौतीका विषयमा जनचेतना फैलाउने उदेश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा डा. जगन्नाथ अधिकारीले नेपालमा भएका बाघ र तिनको अवस्था साथै संरक्षण र चुनौतीका विषयमा आफनो विचार व्यक्त गरे ।
डिभिजन वन कार्यालय भरतपुरका वन अधिकृत बालकृष्ण खनालले मानव वन्यजन्तु द्वन्द्व र बाघ संरक्षणमा जिल्ला वनको भूमिका र राहतका विषयमा व्याख्या गरेका थिए ।

त्यस्तै, वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामाले आफू प्राविधिक भएर काम गर्दाको अनुभव साथै बाघबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको प्रश्नउत्तर सत्रमा जथाभावी सामुदायिक वनहरुमा बनाइएको पिकनिक स्पोर्टको विषयमा सहभागीहरुले प्रश्न उठाएका थिए । जथाभावी बनेको यस्ता स्पोर्टले वन र वन्यजन्तुको संरक्षण र व्यवस्थापनमा टेवा नपु¥याउने कुरा सहभागीले व्यक्त गरे ।
रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोट¥याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष निशान दाहाल , निवर्तमान अध्यक्ष मनिस बानिया, इन्टर्‍याक्ट क्लब अफ स्काइराइडरका अध्यक्ष पक्स रानापाल, इन्ट्रयाक्ट क्लब अफ एनसीसीका अध्यक्ष ओशु न्यौपाने, सामुदायिक वनहरुका अध्यक्षहरु र स्थानीय क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>