चितवन विशेष

भरतपुरको मुटु नारायणगढमा बिग्रिएका खाना र सडेको खसिका टाउका

Banner

चितवन, साउन ११–

भरतपुर महानगरपालिकाको मुटु हो नारायणगढ । नारायणगढको पनि पुलचोक र पोखरा बसपार्कमा यात्रुको धेरै चहलपहल हुन्छ । यहि स्थानमा रहेका होटल, किराना र मासु पसलले भने उपभोक्ताको स्वास्थ्यमा गम्भिर लापरबाही गरेको भेटिएको छ ।

भरतपुर महानगरको अनुगमन टोलीले बिग्रिएका खाना बेच्ने पुलचोकका मार्फा रेष्टुरेन्ट र होटल डिडी बन्द गरायो । उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ पनि जरिवाना तिराइएको भरतपुर महानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख ठानेश्वर सापकोटाले जानकारी दिए ।

त्यस्तै, पुलचोककै विरेन्द्र होटल र अमृत होटललाई पनि महानगरले पाँच/पाँच हजार रुपैयाँ जरिवाना लगायो । यी होटलका किचनमा अत्यधिक फोहोर र फ्रिज दुर्गन्धित भेटिएको महानगरले बताएको छ ।

अनुगमन टोलीले पोखरा बसपार्कस्थित पुरानो ताहिर मासु पसलको फ्रिजमा सडेर गन्हाएको अवस्थामा खसिको खुट्टा र टाउका भेटेको थियो । गन्हाएको २८ वटा टाउका र १८४ वटा खुट्टा बरामद गरी नष्ट गरिएको सापकोटाले बताए । मासु पसललाई पाँच हजार रुपैयाँ जरिवाना पनि तिराइएको हो ।

अनुगमन गरिएका पसलहरुबाट बरामद अखाद्य र दुर्गन्धित पदार्थ जफत गरी महानगरले खाल्डो खनेर पुरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>