चितवन विशेष
भरतपुर महानगरपालिकाले माग्यो द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाहरुको विवरण
०

चितवन, साउन १०-
भरतपुर महानगरपालिकाले द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाको विवरण माग गरेको छ ।
भरतपुरको शैक्षिक प्रशासन महाशाखाले महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुलाई पत्र लेखी ‘बालबालिका पुर्नस्थापना कार्यक्रम–२०६८’ अनुसार सो विवरण माग गरेको हो । द्वन्द्वको क्रममा आमाबुबा गुमाएका बालबालिकाहरुलाई मासिक सहायता उपलब्ध गराउने कार्यक्रम रहेकोले १८ वर्ष उमेर नपुगेका बालबालिकाको विवरण माग गरिएको महानगरको पत्रमा उल्लेख छ ।
महानगरले पत्रमा त्यस्ता प्रकृतिका बालबालिका भएमा सोको विवरण तीन दिनभित्र प्रधानाध्यापक समूहमा उपलब्ध गराइएको लिंकमा बुझाउन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















