Breaking News

निर्वाचन खर्च विवरण नबुझाउने चितवनका ११ उम्मेदवार कारबाहीमा, जनही १५ हजार रुपैयाँ जरिवाना

Banner

चितवन, साउन ९-

प्रतिनिधि सभा निर्वाचन–२०७९ मा चितवनबाट उम्मेदवार भई समयमा निर्वाचन खर्च विवरण नबुझाउने ११ जना कारबाहीमा परेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार पटकपटक विवरण बुझाउन ताकेता गर्दा पनि विवरण नबुझाएपछि ती उम्मेदवारलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका उम्मेदवारहरुमा स्वतन्त्रबाट उम्मेदवार दिएका अरुणकुमार उप्रेती, विष्णु लामा, उत्सव धमला, दिपक पाठक, सुन्दर डल्लाकोटी, खेमराज भट्टराई, सुदर्शन प्रधान, तारानाथ पौडेल रहेका छन् । त्यसैगरी एकीकृत शक्ति नेपालका नविन खड्का, हाम्रो नेपाली पार्टीका अमृत तामाङ र जनसमाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठी रहेका छन् । उनीहरुलाई निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐन–२०७३ को दफा ३१ को उपदफा ४ बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजश्व दाखिला गरी सो को भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिएको छ । यदि पेस नगरेमा आगामी दिनमा निर्वाचनमा भाग लिन नपाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>