चितवन विशेष

शिक्षण संस्थामा तालाबन्दी नगर्न एमाले निकट अनेरास्ववियुको विशेष सर्कुलर

Banner

चितवन, साउन ९-

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक आन्दोलनको नाममा देशभर शिक्षण संस्थामा तालाबन्दी नगर्न विशेष सर्कुलर गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विशेष सर्कुलर जारी गर्दै तालाबन्दी नगर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएका हुन् ।

शैक्षिक आन्दोलनको नाममा हुने तालाबन्दीको कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पठन पाठन प्रभावित भइरहेको भन्दै वर्तमान अवस्थामा तालबन्दी रहित शिक्षालय बनाउन सो निर्णय गरिएको संगठनले जनाएको छ । सर्कुलरमा शैक्षिक सुधार अभियानअन्तर्गत शैक्षिक संस्थामा तालाबन्दी गरिएको भए तत्काल ताला खोलेर आन्दोलनलाई धर्ना, रिले अनसन र सत्याग्रहलगायत अन्य रचनात्मक माध्यमबाट सरोकारवाला विद्यार्थीहरुको सहभागितामा अगाडि बढाउन निर्देशन गरिएको छ ।

विद्यार्थीहरुको हकहित र अधिकारको लागि सदैव लड्दै आइरहेको संगठन हुनको नाताले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सधैं अग्रमोर्चामा रहने प्रतिबद्धता समेत सर्कुलरमा व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>