चितवन विशेष
नारायणगढमा सुविधासम्पन्न नयाँ कार्यालय खोल्दै मेट्स इन्टरनेशनल

चितवन, साउन ९–
विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस्था मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनले विद्यार्थीहरुको सेवा सुविधालाई ध्यानमा राखेर नयाँ कार्यालय संचालनमा ल्याउँदैछ ।
यही साउन १२ गते शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नयाँ कार्यालयको समुद्घाटन गर्न लागिएको मेट्स चितवनका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
वैदेशिक शिक्षा, यस सम्बन्धी परामर्श र प्रक्रियाको क्षेत्रमा मेट्सको नाम अग्र स्थानमा रहने गरेको छ । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले वि.स. २०६४ सालमा काठमाण्डौको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरि आफनो सेवा शुुभारम्भ गरेको थियो भने २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शााखा चितवनमा स्थापना गरेको थियो । हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले विश्वभर नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो ब्यवसायीक संजाल फिजाइसकेको छ ।
नारायणगढ शाखा प्रमुख पौडेलका अनुसार कार्यालय उद्घाटनका सम्पूर्ण तयारी पूरा भइसकेको छ संस्थाले विद्यार्र्थीहरुलाइ उचित शैक्षिक परामर्श दिनुका साथै, गुणस्तरीय भाषा तयारी कक्षा (आइ. एल. टि. एस. तथा पि. टि. इ.) संचालन गर्दै आयको छ । यिनै कार्यहरुलाई प्रभावकारी बनाउन र अत्याधुनिक टेक्नोलोजीका साथ विद्यार्थीहरुलाई शान्त वातावरणमा अध्यापन गर्ने उचित वातावरण सिर्जना गर्न सस्थाको कार्यालयलाई ठूलो र थप व्यवस्थित आवश्यक रहेकोले अत्याधुनिक गरी उद्घाटन गर्न लागेको पौडेल बताउँछन् ।

मेट्स ईन्टरनेसनलले संसारभरि जस्तो सुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा विद्यार्थीलाई शैक्षिक स्तर भाषा परीक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि कलेज र विश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सहि परामर्श दिदै आएको छ । संस्थाको मुख्य उदेश्य भनेकै विद्यार्थीहरुको वैदेशिक शिक्षा, शैक्षिक भबिस्य र त्यसपछिको भबिस्यलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने नै रहेको संस्थाले जनाएको छ । आफनो स्थापनाका कालदेखि नै सहि र सत्य परामर्शलाई जोड दिदै आइरहेको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेस आफुले प्रदान गर्ने परामर्श र मार्गदर्शन कै कारण नेपाली विद्यार्थी र अभिभावकहरुका बीच विश्वासको केन्द्र बन्दै आइरहेको दावी गरेको छ ।
२०६५ सालमा चितवनको सहिदचोक नारायणगढबाट शैक्षिक परामर्श सेवा शुरु गरेको मेट्स ईन्टरनेशनल एजुकेसन एन्ड भीषा सर्भिसेसले चितवन शाखाबाट मात्रै हजारौ विद्यार्र्थीहरुलाइ सेवा दिइसकेको छ भने यस संस्थाले लाख भन्दा बढी विद्यार्थीहरुलाई सेवा दिइसकेको छ । चितवन र त्यस आसपास क्षेत्रका विद्यार्थी, अभिभावकहरुले उच्च शिक्षा सम्बन्धी गुणस्तरीय शैक्षिक परामर्श सेवा आफ्नै घर आगनबाट प्राप्त गर्न सकोस् भन्नका लागि शाखालाइ थप प्रभावकारी बनाउन अत्याधुनिक गरिएको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रबन्ध निर्देशक प्रकाश पाण्डे बताउँछन् ।
शुरूवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके लगायत युएसए, आयरल्यान्ड एवं न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्थीहलाई समेत परामर्श दिदै आइरहेको छ ।


























