Breaking News

माडीमा मान्छेलाई आक्रमण गर्ने बाघ चितवन निकुञ्जको नियन्त्रणमा

Banner

चितवन,साउन ३-

मान्छेलाई आक्रमण गर्ने बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । आज विहान १०ः३० बजे माडी नगरपालिका–३ रौतनी खोला किनारबाट बाघलाई नियन्त्रणमा लिइएको हो । मंगलबार तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार एक घण्टाको प्रयासपछि बाघलाई नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक र कर्मचारीले बाघलाई नियन्त्रणमा लिएका हुन् । मान्छे आक्रमण गरको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिइएको पुनले बताउनुभयो । सोही बाघको आक्रमणबाट स्थानिय रामनाथको बाख्रा समेत मरेको थियो । उक्त बाघ अन्दाजी चार÷पाँच बर्षको भाले बाघ हो ।

डार्ट गरिएका (औषधियुक्त सुई प्रहार गरी लठ्याइएको) बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा सुरक्षित ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>