Breaking News
चितवनमा फेरि कोरोना, आठ जनाको परीक्षणमा पाँच जनालाई संक्रमण
०

चितवन, साउन ३–
चितवनमा बिगत २४ घण्टामा गरिएको कोरोना परीक्षणमा पाँच जनालाई संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आठ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पाइएको हो । संक्रमित सबै भरतपुरका हुन् । यसअघि वैशाख २५ गते एक जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म चितवनमा ३४ हजार १२३ जना संक्रमित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















