चितवन विशेष

चितवनमा पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण

Banner

चितवन, साउन ३-

चितवनको रत्ननगरमा पशुका अधिकारबारे जानकारी दिने उद्देश्यले पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण गरिएको छ ।

एनिमल नेपाल चितवन र शक्तिशाली आमा समूह रत्ननगर नगरपालिका–१३ को संयुक्त आयोजनामा पूर्वी चितवनको जयमंगलामा सो एक दिने अनुशिक्षण गरिएको हो ।

अनुशिक्षणमा पशुपन्छीलाई भोक, प्यास र कुपोषण हुन कसरी नदिने र उनीहरुलाई सामान्य व्यबहार अभिब्यक्ति गरी बाच्न पाउने अवस्था सुनिश्चित गर्ने, पशुपन्छीलाई डर, त्रास र तनाव हुन नदिने जनावर र पन्छीलाई भौतिकरुपमा सहज वातावरणमा राख्ने तथाशित (अतिचिसो र अतितातो), तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पिडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र कुखुरा पालन गर्दा स–सानो खोर (पिँजडा) मा पाल्न नहुने विषयमा छलफल भएको थियो ।

कार्यक्रमको सञ्चालन आमा समूह अध्यक्ष बिरञ्जना घिमिरेले गरेकी थिइन् भने प्रशिक्षण रामचन्द्र आचार्य र दिपा केसीले गरेका थिए । एनिमल नेपालको चितवन जिल्ला संयोजक सुमेधा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका–१३ का वडा अध्यक्ष टोपबहादुर घिमिरे, विशिष्ठ अतिथि महिला वडा सदस्य शारदा न्यौपाने, आमा समूहकी बरिष्ठ उपाध्यक्ष सुशिला कुँवर, कोषाध्यक्ष समिता अधिकारी एनिमल नेपालका जिल्ला सुपरभाइजर रामचन्द्र आचार्य, फिल्ड सुपरभाइजर दिपा केसी फिल्ड अफिसर सुदिपआचार्य लगायतआमा समूहका प्रतिनिधि ३५ जनाको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>