Breaking News

ग्यास बुलेटमा लुकाइ ल्याएको ७० केजी गाँजासहित चितवनबाट दुई जना पक्राउ

Banner

चितवन, साउन ३-

ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार दिउँसो साढे १ बजेतिर राप्ती–१ लोथरबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जानकारी दिए ।

खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए । पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी–७ का ४५ वर्षीय राजु वाइवा हुन्। दुबै जना गाडीका चालक हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>