चितवन विशेष

चितवनका उद्योगी तथा व्यवसायीले पुरानो मेडिकल कलेजमा स्वास्थ्य उपचारमा छुट पाउने

Banner

चितवन, असार २-

उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुर (पुरानो मेडिकल कलेज) ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र हस्पिटलबीच सोमबार छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्वअन्र्तगत रही संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै स्वास्थ्य सेवा सहुलियतउपलब्ध गराउने कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरलाई आभार व्यक्त गरे ।

कार्यक्रममा कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरका निर्देशक मनोहर प्रधानले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताए । सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनुपर्ने छ र संघको सदस्यता नविकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

निर्देशक केसीले संघले अन्य व्यवसायिक प्रतिष्ठानहरूमा समेत सदस्यको लागि छुट सेवा उपलब्ध गराउने तयारी भइरहेको बताए । सदस्यहरूले ओपीडी सेवामा २५ प्रतिशत, आईपीडी सेवामा १५ प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशतछुट पाउने संघका कार्यक्रमअधिकृत गणेश सुवेदीले बताए । साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरका निर्देशक मनोहर प्रधानले बताए ।

सम्झौतापत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरका निर्देशक मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्य नारायण प्रधान, लिलबहादुर क्षेत्री, कार्यकारी निर्देशक निलबहादुर केसी, कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरका दुर्गाप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो । साथै यस अघिदेखिनै संघमा आवद्ध सदस्यहरूले नारायणी सामुदायिक हस्पिटल र चितवन मेडिकल कलेजमा पनि छुट सुविधा पाइरहेको संघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>