Breaking News

देउवाको प्रस्तावः कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरौँ

Banner

काठमाडौं,साउन १-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकको सुरुबाटै लाइभ गर्न प्रस्ताव गरेका छन्। पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको सोमबार बसेको बैठकमा देउवाले उक्त प्रस्ताव गरेको पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पत्रकारहरुलाई बताए।

‘भोलिको बैठक सुरुमा लाइभ गर्ने कि भन्ने छ। लाइभ गर्दा नेताहरुले आफ्नो हृदयबाट बोल्दैनन् भन्ने पनि कुरा आयो’, उनले भने, ‘भोलिको बैठकमा लाइभ गरेपछि त्यसको प्रतिक्रिया हेरेर निरन्तर गर्ने नगर्ने भन्ने कुरा बैठकमा भएको छ।’ कोइरालाका अनुसार पदाधिकारी बैठकमा सभापति देउवा आफैंले केन्द्रीय कार्यसमिति बैठकमा लाइभ गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।

कोइरालाका अनुसार पार्टीमा कुरा भए पनि अझै पनि नीति अधिवेशनबारेमा टुंगो लागिसकेको छैन। बैठकमा युवा नेताहरुले पार्टीको कामकारबाही सुधारेर अघि बढ्नुपर्ने बताएको उल्लेख गरे। एजेन्डबारे भोलि बसेर छलफल गर्छौँ,’ उनले भने, ‘पदाधिकारी बैठकमा सभापतिजी र अन्य साथीहरुले पनि केही कुरा राख्नु भएको छ। थप एजेन्डा भोलि नै तय होलान्।’ कांग्रेस पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको बैठक यसबीचमा बस्दै आएको थियो। तर केन्द्रीय कार्यसमितिको बैठक ११ महिनापछि बस्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>