Breaking News

भारत ‘ए’संग नेपाल ९ विकेटले पराजित

Banner

काठमाडौँ, साउन १–

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा भारत ‘ए’संग नेपाल ९ विकेटले पराजित भएको छ ।

कोलोम्बोमा भएको खेलमा नेपालले दिएको १६८ रनको झिनो लक्ष्य भारतले २२.१ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्‍यो ।

भारतको जितमा अभिषेक शर्माले ८७ रनको उत्कृष्ट पारी खेले । उनलाई नेपालका कप्तान रोहित पौडेलले कुशल मल्लको हातबाट क्याचआउट गराए । साई सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए । गुल्शन झाले ३८ रन बनाए भने अन्य व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले पहिलो पावर प्लेको १० ओभरमा ३७ रनमै ५ विकेट गुमाएको थियो । भारतका लागि निसान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए ।

नेपाल प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’संग ४ विकेटले पराजित भएको थियो । अब समूह चरणको अन्तिम खेलमा नेपालले युएई ‘ए’संग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>