चितवन विशेष

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा खिम दाहाल

Banner

चितवन, असार ३१-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा खिम दाहाल नियुक्त भएका छन् ।

क्याम्पस सञ्चालक समितिको आजको बैठकले दाहाललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । यसअघि दोस्रो कार्यकाल थप गरेर काम गरिरहेका क्याम्पस प्रमुख मणिराज महतोले घरायसी कारणले राजीनामा दिएका थिए । नवनियुक्त क्याम्पस प्रमुख दाहालको भोलि सोमबार बिहान पदस्थापना हुँदै छ ।

भरतपुर महनगरपालिका–१३ गंगानगरमा जन्मिएका दाहालले विद्यालय शिक्षा भरतपुरकै गंगानगर र अमरमावि पटिहानीबाट पुरा गरेका थिए । उनले हेटौंडाबाट वनविज्ञानमा प्रविणता प्रमाणपत्र तह, नारायणगढको बालकुमारी क्याम्पसबाट बीकम, त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एलएलबी गरेका छन् ।

विसं २०६२ भदौंबाट सप्तगण्डकी बहुमुखी क्याम्पसको व्यवस्थापन संकायमा सहायक प्राध्यापकको रुपमा सेवा सुरु गरेका उनी २०७६ सालबाट अहिलेसम्म बरिष्ठ सहायक क्याम्पस प्रमुखकोरुपमा कार्यरत थिए ।
दाहालसँगै क्याम्पस सञ्चालक समितिले अंग्रेजी विभागका उपप्राध्यापक पदमलाल भारती र उपप्राध्यापक केदारनाथ बराललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>