चितवन विशेष

टिकौली जंगलमा तीन सवारी साधन ठोक्किदा एक जना घाइते

०
Banner

चितवन, असार ३१–

चितवनको भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् ।

आज विहान १० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बीच बिपरीत दिशाबाट जाँदै गरेको लु२च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किएको थियो ।

दुर्घटनामा ना१७च ६८०० नम्बरको कार चालक चितवनको कालिका नगरपालिका–६ बस्ने बर्ष ४६ का टेकनाथ वाग्ले घाइते भएको चितवन प्रहरीले जनाएको छ । अवस्था मध्यम रहेको वाग्लेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>