चितवन विशेष

टिकौली जंगलमा तीन सवारी साधन ठोक्किदा एक जना घाइते

Banner

चितवन, असार ३१–

चितवनको भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् ।

आज विहान १० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बीच बिपरीत दिशाबाट जाँदै गरेको लु२च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किएको थियो ।

दुर्घटनामा ना१७च ६८०० नम्बरको कार चालक चितवनको कालिका नगरपालिका–६ बस्ने बर्ष ४६ का टेकनाथ वाग्ले घाइते भएको चितवन प्रहरीले जनाएको छ । अवस्था मध्यम रहेको वाग्लेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>