कृषि

माडीका किसानलाई १७ थान पानी तान्ने मोटर बितरण

Banner

चितवन, असार ३०-

माडी नगरपालिका–६ का किसानहरुलाई सिँचाइका लागि पानी तान्ने मोटर बितरण गरिएको छ ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले सो मोटर किसानहरुलाई बितरण गरेकी हुन् ।

कृषियोग्य जमीनमा सिँचाइ सुविधा र कृषि उपजको उत्पादन बढाउनका लागि तीन इन्च साइजको १७ थान पानी तान्ने मोटर बितरण गरिएको छ ।

वडा कार्यालयबाट बिनियोजित तीन लाख र माडी नगरपालिकाको नगरसभाबाट रकमान्तर गरिएको दुई लाख गरी कुल पाँच लाख रूपैयाँ बजेटबाट १७ थान पानी तान्ने मोटर बितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र पौडेलले जानकारी दिए । निर्वाहमुखी कृषि क्षेत्रलाई व्यवसायिक कृषितर्फ उन्मुख गराई कृषि क्षेत्रको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सो कृषि सामग्री बितरण गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>