Breaking News
सरकारले भ्रष्टाचारको फाइल चलाएको मात्र हो भने खबरदार खोलेको हो भने स्याबासः रवि
०

काठमाडौं, असार ३०-
रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका छन्।
रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले भने, प्रधानमन्त्री गृहमन्त्रीको खुट्टा दह्रो होस् । साथ चाहिएमा रास्वपा त्यही कुनामा बसेको छ । प्रतिपक्षी बेन्चमा बसे पनि जनताका मुद्दामा रास्वपा सहयोग गर्न तयार छ । सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न आग्रह गरे।
उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























