चितवन विशेष
स्विजरल्याण्डको प्रतिष्ठित ‘स्विस टुरिज्म अवार्ड’ भरतपुर महानगरलाई
०

चितवन, असार ३०–
भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो ।
पर्यटन पुर्वाधार, व्यवस्थापन र सांस्कृतिक सम्पदाको लागि भरतपुर महानगरलाई विश्वका शहरहरु मध्येबाट उत्कृष्ट शहरका रुपमा छनौट गरिएको हो। अवार्ड लिनको लागि भरतपुर महानगर प्रमुख रेनु दाहाललाई निमन्त्रणा पनि गरिएको छ ।
पुरस्कार प्रदान गर्ने कार्यक्रम आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विजरल्याण्डमा हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























