चितवन विशेष

चितवनको स्मल हेभन स्कुलले कक्षा ११ को भर्नामा बिशेष छुट दिने

Banner

चितवन, असार २९–

चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा यस वर्षको नयाँ शैक्षिक शत्रबाट कक्षा ११ मा पढाइ हुने भएको छ । चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले लिटल एन्जल्स स्कुलको व्यवस्थापनमा सञ्चालित यो विद्यालयले यस वर्षदेखि कक्षा ११ को पढाइ सुरु गर्न लागेको हो । पहिलो बर्ष कक्षा ११ को भर्नामा स्कुलले बिशेष छुट दिने घोषणा गरेको छ । गरिब र जेहेनदार विद्यार्थीलाई स्कुलले प्राथमिकतामा राखेर छुट दिने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको विद्यालयले विद्यार्थीलाई सुविधा सम्पन्न भवन तथा त्यससँग सम्बन्धित विविध भौतिक सुविधाहरू उपलब्ध गराउँदै आएको न्यौपानेले जानकारी दिए। पटकपटक एसएलसी बोर्डमा पर्न सफल भएको यो विद्यालय वीरेन्द्र विद्या क्षेत्रीय सिल्डद्वारा विभुषित विद्यालय हो ।

सुविद्या सम्पन्न कम्प्युटर ल्याब भएको यो विद्यालय चितवनमा पटक पटक जिल्ला प्रथम हुन सफल भएको छ । विद्यालय प्राङ्गणमै यथेष्ट खेल मैदान रहेको यो विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको छ । यातायातको सुविधा र अत्याधुनिक शैक्षिक सामग्रीसहितको पुस्तकालय रहेको विद्यालयले आगामी शैक्षिक शत्र २०८० सालमा कक्षा ११ का लागि आवेदन खुला गरेको छ । विशेष छात्रवृत्तिसहित विद्यालयले व्यवस्थापन संकायअन्तर्गत लेखा, अर्थशास्त्र, कम्प्युटर विज्ञान, बिजनेस स्डडिज् मार्केटिङ् विषयहरुलाई पढाउने तयारी गरेको विद्यालयका प्रधानाध्यापक न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>