कालिका

कालिका नगरपालिकाको उदयपुर वनमा वृक्षरोपण, एक हजार ३०० विरुवा रोपियो

Banner

चितवन, असार २८-

चितवनको कालिका नगरपालिका–७ सगुनटोलस्थित उदयपुर सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।

उदयपुर सामुदायिक वन उपभोक्ता समूहले आज (बिहीबार) वृक्षरोपण गरेको हो ।

वृक्षरोपण पहल नेपाल काठमाडौंको प्राविधिक सहयोगमा विभिन्न प्रजातिका एक हजार ३०० विरुवा रोपिएको वनका अध्यक्ष शंकर लामाले जानकारी दिए । लामाका अनुसार बर्रो, बकाइनो, खुमारी, टिक, चेकराशी, शिरिषका समान दुई–दुई सय तथा सिसौको तीन सय वटा बिरुवा रोपिएको हो ।

वृक्षरोपण गर्दै कालिकाका मेयर विनोद रेग्मीले विरुवा रोपेपछि हुर्काउन बिशेष ध्यान दिन आग्रह गरे । मेयर रेग्मीले बोट विरुवा तथा वनजंगलको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताए । वन जंगल मासिँदा प्राकृतिक बिपत्ती निम्तने गरेको उनको भनाइ थियो ।

वनका अध्यक्ष लामाले वन जंगलको संरक्षणका लागि १० हजार विरुवा रोप्न लागिएको जानकारी दिए । जसअन्तर्गत आज एक हजार ३०० विरुवा रोपिएको उनले बताए । यसले बाढी पहिरो रोक्न पनि मद्दत मिल्ने उनको भनाइ थियो ।

वृक्षरोपण कार्यक्रममा कालिका ७ का वडाध्यक्ष कमल मोक्तान, सिंहनाथ गणका सेनानी सन्तोष पौडेल, मेजर जुद्धबहादुर कुँवरलगायत, प्रहरी चौकी जुटपानीका प्रहरी नायब निरीक्षक दिलबहादुर महत, खगेरी सब डिभिजन वन कार्यालयका प्रमुख देवीप्रसाद पौडेललगायत उपस्थित थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>